Homeमुख्य समाचारफुटेको जातिलाई एकतामा ल्याउन सरकारमा आएका हौः मुख्यमन्त्री पीएस गोले

फुटेको जातिलाई एकतामा ल्याउन सरकारमा आएका हौः मुख्यमन्त्री पीएस गोले

सिक्किम, 30 दिसम्बर 2019/ केएन शर्मा

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले आफुहरु पूर्व सरकारले फुटाएको जातको संगठनलाई एकतामा ल्याउनका निम्ति सरकारमा आएको बताउनुभएको छ । पेलिङमा आयोजित १०औं कन्चनजंघा पर्यटन महोत्सवमा राज्यस्तरीय तमु लोसार कार्यक्रमलाई सम्बोधन गर्दै गोलेले २५ वर्ष शासन गरेको सरकारले गरीबलाई गरिब र धनीलाई धनी बनाएको बताउँदै २५ वर्षसम्म सिक्किममा एउटै व्यक्तिको सरकार रहेपनि अबको सरकार सिक्किममे जनताको सरकार भएको बताउनुभयो । सिक्किममा सबै जातिको आफ्नो भवन निर्माण भएको तर गुरुङ जातिको रोधी घर निर्माण गर्ने काम पुर्व सरकारले गर्न नसकेको तामाङले बताउनुभयो । उहाँले गुरुङ जाति भाषा साहित्य संस्कृतिको धनी भएको भन्दै मुख्यमन्त्रीले गुरुङ जातिलाई जनजातिको मागलाई आफ्नो सरकारले स्वीकार गरेको बताउनुभयो ।

मुख्यमन्त्री गोलेले पुर्व सरकारले सिक्किमका स्कुलहरुमा गुरुङ भाषाका शिक्षक नियुक्ति गर्न नसकेको भन्दै अब हाम्रो सरकारले पश्चिम सिक्किमलाई पर्यटन करियर बनाउने र आगामी अप्रेल महिनामा राज्यस्तरीय पर्यटन महोत्सव आयोजना गरिने बताउनुभयो । उहाँले सिक्किममा १६ लाख ८५ हजार लागतमा गरिब जनताको घर निर्माण निर्माण गर्ने घोषणा गर्नुभयो ।

उहाँले तमु ल्होछार र नयाँ साल २०२० को शुभकामना व्यक्त गर्नुभयो । उहाँले सरकार गठनपछि याङथाग निर्वाचन क्षेत्रको पहिलो भ्रमण गर्ने र स्थानीय नागरिकहरूलाई भेट्ने अवसर पाएको बताउनुभयो ।

गुरूङ जातिको रोधी घर निर्माण गर्ने पूर्व सरकारले ५० लाख रुपैया छुटाएर गुरूङ जातिलाई विभाजन गरेको भन्दै सबै गुरूङ समुदायलाई एक भएर सरकारमा माग लिएर आउन उहाँले आह्वान गर्नुभयो । गुरूङ जातिको रोधी घर गान्तोकमा बनाइदिने घोषणा गर्दै २०२०-२१ मा बजेट छुट्टाएर घर बनाउने प्रतिवद्धता गर्नुभयो ।

गुरूङ जातीको परम्परालाई हेर्ने हो भने यो जातिलाई जनजातीमा समावेश गर्नुपर्ने भएपनि तर पूर्व सरकारले जंगलवाट भेडी गोठ हटाएर परम्परा र संस्कृतिलाई लोप गर्ने प्रयास गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा मुख्य अतिथि एवं मुख्यमन्त्री पीएस गोलेलाई गुरूङ जातिको परम्पारीक भेषभूषा लगाएर स्वगत गरिएको थियो ।

पश्चिम जिल्लाको याङथाग निर्वाचन क्षेत्र अन्तर्गत पेलिङ सिनियर सेकेण्डरी स्कूलको खेल-मैदानमा सम्पन्न भइरहेको १० औं कञ्चनजंघा शितकालीन पर्यटन महोत्सवको अवसरमा आज गुरूङ जातिको महान चाड तमु ल्होछार विशेष विभिन्न कार्यक्रमका साथ पालन गरियो।

समारोहमा मन्त्री एम.एन. शेर्पा, भिमहाङ सुब्बा, संसद इन्द्रहाङ सुब्बा, सिक्किम राज्य बैंकका अध्यक्ष डी.बी.गुरूङ लगायत राज्य एवं राज्य बाहिरका गुरूङ समुदायको विशेष उपस्थिति थियो। कार्यक्रममा गुरूङ जातिका प्रतिष्ठित व्याक्तिहरु क्रमशः बी.बी.गुरूङ पूर्व उप मुख्यमन्त्री, पूर्व विधायक मोहन गुरूङ, शरद कुमार गुरूङ पूर्व सचिव , स्नेहालता गुरूङ, नरेन्द्र बिक्रम गुरूङ, नवीन गुरूङलाई सम्मानित गरिएको थियो। त्यसैगरि प्रतिभाशाली युवाहरूलाई सम्मानपत्र र पेलिङ पर्यटन विकास समितिबाट पेलिङ वरिष्ठ माध्यमिक विधालयका प्राचार्य एन.के.कार्की, तोप्जर भोटिया,निर्मल राईलाई बधाई पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रथम चरणमा तमु ल्होछार आयोजक समितिका अध्यक्ष लक्षुमण गुरूङले स्वगत सम्बाेधन राख्दै यो पर्व विशेषगरी पेलिङ पर्यटन विकास समिति १०औं कञ्चनजंघा शितकालीन पर्यटन समिति बुउरिङ सोसाइटी पेलिङ एवं अखिल सिक्किम तमु गुरूङ बुद्ध संघको संयुक्त आयोजनामा गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...