HomeFeatureसन्दीप घरेलु लिग खेल्न आत्तुर

सन्दीप घरेलु लिग खेल्न आत्तुर

नयाँ दिल्ली, १६ जनवरी २०२०
नेपाली लेग स्पीनर सन्दीप लामिछाने ग्लोबल आइकन बनिसकेका छन् । अहिले पनि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन् । त्यसैले विदेशी लिगहरुमै व्यस्त छन् । उनको टिम मेलवर्न स्टार्स शीर्ष स्थानमा छ ।

गत वर्ष फाइनल पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार उपाधिबाट बन्चित भएको थियो । यस सिजन सन्दीप र मेलवर्न दुवैले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेलबर्न स्टार्सले च्याम्पियन बन्ने छनक देखाइसकेको छ । गत सिजन एभरेष्ट प्रिमियर लिग (इपीएल) बीचमै छाडेर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया पुगेका थिए ।

गतवर्ष पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको कप्तानी गरेका सन्दीपले त्यसपछि घरेलु लिग खेलेका छैनन् ।

नयाँ फ्रेन्चाइजमा नयाँ सिजन अनुबन्ध भएपछि सन्दीपले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत नयाँ सिजन काठमाडौंबाट खेल्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

लामो समयपछि घरेलु लिग खेल्न लागेको छु । ‘आगामी ईपीएलको लागि काठमाडौं किंग्स ११ मा अनुबन्ध हुँदा खुशी छु । सन्दीपले ट्वीटमा लेखेका छन, घरेलु दर्शकको अगाडि खेल्न पाउनु रमाइलो हुन्छ । धेरै प्रतीक्षा गर्न सक्दिन’ ।

यस सिजन बीबीएलमा स्टार्सका लागि ९ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । उनी सर्वा्धिक विकेट लिनेमा बलरहरुको सूचीमा आठौं स्थानमा छन् । सिड्नी थण्डरका ड्यानिएल साम्सले सर्वा्धिक १७ विकेट लिएका छन् । मेलवर्न स्टार्सकै पाकिस्तानी खेलाडी हरिस राउफले पनि ७ खेलमा १६ विकेट लिएका छन् ।

यस पटक आँखाको लेजर शल्यक्रिया गरेको नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद समेत नखेलेका सन्दीपले दोस्रो संस्करणको पीपीएल पनि खेलेनन् । उनी बीबीएल खेल्न अष्ट्रेलिया गएकाले पीपीएल नखेलेका हुन् ।

सन्दीपले २०१७ मा ललितपुर प्याट्रिओट्सबाटै ईपीएल खेलेका थिए । उनले त्यसमा ७ खेल खेल्दै ९ विकेट लिएका थिए ।

२०१८ मा इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा छनोट भएपछि विश्वभर चर्चित बनेका सन्दीपले त्यसयता प्राय सबै देशमा फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनले भारत र अष्ट्रेलियाका साथै क्यानडा, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र अबुधावी टी– १० लिगसमेत खेलेका छन् ।

सन्दीपले २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए । गत नोभेम्बरमा टीयू मैदानमै एमसीसीविरुद्ध फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका सन्दीपले डेब्युमै नटआउट ३९ रन बनाएका थिए । उनले ओडीआईमा ६ खेल खेल्दै १५ विकेट लिएका छन् भने टी–२०आईमा १८ खेलबाट २८ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...