नयाँ दिल्ली , १८ जनवरी २०२०
भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराधको आरोप लागेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्दै याचिका दर्ता गरेपछि २२ जनवरीको मिति सरेको जनाइएको छ । अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ ।
राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार दयाको याचिका खारेज गरिसकेपछि अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए । मुकेशको दया याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।
यसअघि दिल्ली सरकार र उपराज्यपाल अनिल बैजलले पनि दया याचिका खारेज गर्न सिफारिस गरेका थिए ।
जुन शुक्रबार अस्वीकृत भयो । दया याचिका खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ । उही समयमा गृहमन्त्रालयले राष्ट्रपतिसँगको दया याचिका अस्वीकार भएपछि अब फाईल दिल्ली सरकारलाई पठाइएको छ ।
डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो । सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए । त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित १ जनालाई नाबालक भन्दै त्यसबेलानै माफी दिइएको थियो









































