आसाम, 18 जनवरी 2020
आसममा सर्बानन्द सोनोवाल नेतृत्वाधिन मन्त्रीमण्डलममा दुइ नयाँ सदस्यहरूलाई सामेल गरिएको छ। तिनसुखिया र महामारा सिटबाट भाजपा विधायक सन्जोय किशन र जोगेन मोहनलाई राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गराइएको हो। राज्यपाल जगदीश मुखीले उहाँहरूलाई राजभवनमा शपथ खुवाउनुभएको हो।
नयाँ मन्त्रीहरूका विभागको घोषणा आज साझसम्म गरिने छ। सोनोवाल मन्त्रीमण्डल सदस्य तपन कुमार गोगोइ र पल्लब लोचन दास लोकसभाको लागि चुनिएर राजीनामा दिएपछि दुइ पद रिक्त रहेको थियो।
यसैबीच भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष रञ्जीत कुमार दासलाई अर्को कार्यकालको लागि पार्टी अध्यक्ष चुनिएको छ। केही दिनपछि यसको औपचारिक घोषणा गरिनेछ।









































