काठमाण्डौँ, 18 जनवरी 2020
शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई 2-0 गोलअन्तरले पराजित गरेको छ। नेपाल पुलिस क्लबको तर्फबाट सौजन राई र कप्तान सुमन सुवेदीले समान 1-1 गोल गरेका हुन्।

एन्फा कम्पेलक्स सातदोबाटोमा भएको खेलमा पुलिसले दुवै हाफमा एक-एक गोल गरेको थियो। खेलको 26-औँ मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए भने 48-औँ मिनेटमा सुमन सुवेदीले पुलिसका लागि दोस्रो गोल गरे।

जारी सिजनमा पुलिसको यो तेस्रो जित हो। 7 खेल खेलिसकेको पुलिसले 3 खेलमा जित, 2 खेलमा बराबरी र 2 खेलमा पराजय बेहोरेर 11 अङ्क जोडेको छ।









































