नयाँ दिल्ली, 23 जनवरी 2020
केन्द्र सरकारले केन्द्र शासित प्रदेश जम्मू एवम् कश्मीरमा विशाल मात्रामा लगानी आकर्षित गर्न छिट्टै बृहत औद्योगिक नीतिको घोषणा गर्नेछ। केन्द्रीय मन्त्री सोम प्रकाशले हिजो जम्मूमा स्थानीय उद्योग तथा व्यापार संगठनका प्रतिनिधीहरूसंगको भेटघाटमा सो जानकारी दिनुभएको हो। उहाँले यो नीति सबै सम्बन्धित पक्षहरूको लागि फाईदाजनक हुने र यसले उद्योगहरूको विकास अनुकूल वातावरण तयार पार्ने बताउनुभयो। केन्द्र सरकारले स्थानीय उद्योगहरूलाई आवश्यक सहायता उपलब्ध गराएर उनिहरूलाई प्रतिस्पर्धी बनाउने अवसरहरू सिर्जना गर्ने पनि उहाँले बताउनुभयो। उहाँले अनेकन राजनीतिक तथा आर्थिक बाधाअड्चनहरूका कारण क्षेत्रका औद्योगिक कारोबारी र अन्य मानिसहरू विकासको अवसरबाट बन्चित भइरहेको बतउनुभयो मन्त्री प्रकाशले जम्मू एवम् कश्मीरका मानिसहरूसित समग्र देशको प्रगति गर्ने इच्छाशक्ति तथा संकल्प भएको बताउनुभयो।
त्यसैगरी केन्द्रीय मन्त्री रवि शंकर प्रसादले हिजो श्रीनगरमा महिला डाकघरको उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले केन्द्र सरकारले जम्मू एवम् कश्मीरका युवाहरूको सर्वाङ्गीण विकास तथा समृद्धिको लागि अथक प्रयास गरिरहेको बताउनुभयो।









































