नयाँ दिल्ली, 25 जनवरी 2020
71-औँ गणतन्त्र दिवस समारोहको सम्पूर्ण तयारी पूरा गरिएको छ। मुख्य समारोह भोली नयाँ दिल्लीस्थित राजपथमा हुनेछ। राजपथमा राष्ट्रपति रामनाथ कोविन्दले परेडको सलामी ग्रहण गर्नुहुनेछ। यस वर्ष ब्राजीलका राष्ट्रपति जाइर मेसियस बोल्सुनारो गणतन्त्र दिवसको मुख्य अतिथि हुनुहुन्छ। 16 राज्य तथा केन्द्रशासित प्रदेशहरू र 6 मन्त्रालयले गणतन्त्र दिवस परेडमा भाग लिनेछन्।
यस वर्ष गणतन्त्र दिवस परेडको मुख्य आकर्षण भर्खरै सामेल गरिएको चिनूक र अपाचे हेलीकप्टर सहित सुखोई अनि अत्याधुनिक सानो हेलीकप्टरको फ्लाई पास्ट रहनेछ। केन्द्रीय रिजर्व पुलिस बलको महिला दलको मोटर साइकल प्रदर्शन तथा सशस्त्र सेना, अर्द्धसैनिक बल, दिल्ली पुलिस, एन.सी.सी.-को टुकडी तथा सेनाको 13 ब्याण्डहरूको मार्च पनि आकर्षणको केन्द्र बन्नेछ।
यसै बीच कुनै अप्रिय घटना नघटोस् भनेर राष्ट्रिय राजधानी क्षेत्रमा दिल्ली पुलिस तथा अन्य केन्द्रीय सुरक्षा बलहरूका सुरक्षा कर्मीहरू खटाइएका छन्।









































