नयाँ दिल्ली, 28 जनवरी 2020
दिल्ली विधानसभाको लागि चुनाव प्रचार-प्रसार जोडदारका साथ भईरहेको छ। उम्मेदवार तथा राजनीतिक दलका नेताहरू मतदाताहरूको मन जित्न हरसम्भव प्रयास गरिरहेका छन्। गृहमन्त्री अमित शाहले सोमबार रिठाला तथा जनकपुरीमा चुनावी ऱ्यालीहरूलाई सम्बोधन गर्नुभयो। भारतीय जनता पार्टीका अध्यक्ष जे.पी. नड्डाले तीन ऱ्यालीहरूलाई सम्बोधन गर्नुभयो। आम आदमी पार्टी संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नरेला, बवाना अनि गान्धीनरमा रोड शो गर्नुभयो। दिल्ली काँग्रेस प्रमुख सुभाष चोपडाले राजधानी दिल्लीका कैयौँ भागमा चुनावी बैठक गर्नुभयो।
भाजपा अध्यक्ष जे.पी. नड्डाले आज हरिनगर, तिलकनगर र शालीमार बागमा पार्टी प्रत्याशीहरूको समर्थनमा ऱ्यालीलाई सम्बोधन गर्नुहुनेछ। त्यस्तै मुख्यमन्त्री अरविन्द केजरीवाल करावलनगर, गोकलपुर, महरौली, छतरपुर र दिल्ली छावनीमा रोड शो गर्नहुनेछ।









































