नयाँदिल्ली,१ फेब्रुअरी
अबदेखि फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सन्जाल तथा इन्टरनेटमा विज्ञापन गर्न नपाउने यदि गरिएमा गैरकानुनी हुने भएको छ ।
नेपाल राष्ट्र बैंकको सूचनाअनुसार सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको जनाएको हो ।
यसरी विज्ञापन गरेबापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको हो ।
यसरी भुक्तनी गर्दा डलरमा कारोबार हुन्छ जुन विदेशबाटै हुने गरेको भन्दै त्यसो नगर्न जनाइएको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार त्यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारवाही हुनेछ ।









































