काठमाण्डौँ, 7 फरवरी 2020
आईएमई–ग्लोबल आईएमई बैंक नेपाल फोटो प्रतियोगिता 2076-को उपाधि नभेष चित्रकारले प्राप्त गर्नुभएको छ। फोटो पत्रकार निभेष चित्रकारको फोटो आईएमई–ग्लोबल आईएमई बैंक फोटो अफ द इयर 2076 घोषित भएसँगै चित्रकारले उपाधि जित्नुभएको हो। चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आईएमई–ग्लोबल आईएमई बैंक फोटो अफ द इयर घोषित भएको हो। चित्रकार उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल हुनुभएको छ।
त्यस्तै सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ। डेली लाइफ विधामा गोपेन राई, अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्धारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथप भएको छ। यसबाहेक दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधा, सुबिर थापाले सिटी एक्सप्रेस कलचर एण्ड टुरिजम विधामा जित हासिल गर्नुभएको छ।
त्यस्तै सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए। एक्सप्रेस नेपाल नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो तथा दिपक बुढाथोकीको फोटो तेस्रो भयो। सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो। डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो। त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो।
एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो।
आईएमई–ग्लोबल आईएमई बैंक फोटो अफ द इयर विजेताले नगद 1 लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः 30, 20 र 10 हजार रुपैयाँ प्राप्त गरेका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो। पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले 6 हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताउनुभयो। पिजे क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताउनुभयो। उहाँले सातौँ संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हौस्याएको समेत बताउनुभयो।









































