रुकुम, १० फरवरी, २०२०
रूकुम पूर्वको भूमे गाउँपालिका–३ सीमाका नरबहादुर पुनले आफ्नै पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
८० वर्षीय नरबहादुरले आफ्नी पत्नी दिलमायालाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी नरबहादुरले कुटपिट गर्दा दिलमाया गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल रूकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
हत्यामा संलग्न नरबहादुरलाई इलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध कर्तब्य ज्यानसम्बन्धी कसूरमा अदालतमा मुद्दा दर्ता गराइ अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।









































