नयाँ दिल्ली डेस्क, 12 फरवरी 2020
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फरवरी 24 र 25 तारीखमा दुई दिने भ्रमणका क्रममा भारत आउँदै हुनुहुन्छ। अमेरिकाको राष्ट्रपति पद सम्हालेपश्चात् यो उहाँको पहिलो भारत भ्रमण हो।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गरेर आफु भारत भ्रमणको लागि उत्सुक रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निकट मित्र भएको पनि बताउनुभयो। भारतसँग सम्भावित व्यापार समझौताहरूको उचित दिशामा कुराकानी भए सम्झौताहरूको लागि तयार रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो।
राष्ट्रपति ट्रम्पसँग उहाँकी पत्नी मेलानिया ट्रम्प पनि भारत आउनुहुनेछ। उहाँले नयाँ दिल्लीको साथसाथै गुजरातको हमदाबादको पनि यात्रा गर्नुहुनेछ।









































