सिलगढी, 12 फरवरी 2020/ रूबेन गुरूङ
पोखरिया बुङ उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको विधिवत् रूपमा उद्घाटन गरिएको छ। मङगलबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन चेयरमेन अनित थापाले रिबन काटेर सो भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन पछि चेयरमेन थापाले नवनिर्मित भवनको अवलोकन गर्नुभएको थियो।
समाजसेवी आई. के. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नयन राईले गर्नुभएको थियो। पोखरिया बुङ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद राईको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दिपेन्द्र घिमिरेले विभागीय प्रतिवेदन पेश गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व चेयरमेन बिनय तामाङ र मुख्य सचिव सुरेन्द्र गुप्ता उपस्थिति हुनुहुनथ्यो भने विभिन्न विभागीय अधिकारी वर्ग, पार्टी समर्थक, शिक्षक-शिक्षिका वर्ग तथा सचेत नागरिकहरूको पनि उल्लेख्य उपस्थिती रहेको थियो।









































