काठमाण्डौ, 12 फरवरी 2020
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताउनुभएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भएपनि प्रहरीले 25 किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको उहाँले बताउनुभयो। कानूनी शासनको कुराहरु जति गरेपनि देशमा त्यो भेटाउन निकै गाह्रो भएको उहाँको भनाई छ। बाराको जितपुरमा बोर्डरबाट भैसी आउने गरको भएपनि त्यहाँ क्वारेन्टाइन नहुँदा स्थानीय पशु चिकित्सालयले लेखेको भरमा देशभरी भैसी जानेको गरेको उहाँले बताउनुभयो। उहाँले जीतपुर हुँदै वीरजञ्ज पुगेपछि भैसी समातेर प्रहरीले भन्सारमा पठाउने गरेको आरोप समेत गलाउनुभएको छ। भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको उहाँले बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समूदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नसरकारसँग आग्रह गर्नुभएको छ। आज जन्मेका बालबालिकाहरुले जातिय उत्पिडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावका विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गर्नुपर्ने उहाँको भनाई छ। रावलले विगतको समिक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातिय उत्पिडन, वहिस्करण र छुवाछुत उन्मुलनका लागि सदनले पहल गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो। संवैधानिक र कानूनी रुपमा छुवाछुत दण्डनीय भएपनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। देशमा दुई तिहाइको सरकार हुँदहुँदै पनि यस्तो प्रकारका समस्या देखिनु दुःखद पक्ष भएको भन्दै उहाले यसको समाधानका लागि सबै राजनीतिक पार्टीहरुले आफ्ना संगठनहरुलाई एक महिने जातिय छुवाछुत विरुद्धको अभियानमा सहभागि गराउन हाग्रह गर्नुभयो।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताउनुभएको छ। सुखी नेपाली हुनलाई तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरु सुखी हुनुपर्ने उल्लेख गर्दै उनले दलित अयोग, दलित विकास समितिहरुलाई विघटन गर्ने निष्कर्षमा सरकार जानु दुःख भएको बताउनुभयो।

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षले आफ्नो अधिकारको दुरुपयोग गर्दै दलित परिवारमाथि ज्यादती गर्दा पनि प्रहरी उजुरी लिन नमानेको उल्लेख गर्दै उहाँले आदर्शका कुरा नभएर पीडकलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सकारसँग माग गर्नुभयो।









































