HomeFeatureमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको...

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक नआएको सांसदहरूको आरोप

काठमाण्डौँ, 12 फरवरी 2020

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुले बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा संसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन्। सांसद गगनकुमार थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र यो विश्वविद्यालयमा कुनै फरक नभएको बताउनुभयो। उहाँले फरक सोच अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयको विशेष केही हुनुपर्नेमा विधेयकमा त्यस्तो केही नभएको बताउनुभयो।

सांसद मानबहादुर विश्वकर्माले विज्ञान र प्रविधि विश्वविद्यालय भित्र मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय पढाई हुने व्यवस्था गरिएको भन्दै त्यसलाई हटाउनुपर्ने बताउनुभयो। उहाँले अहिलेको समय स्पेसेलाइजेसनको समय भएकाले विज्ञान र प्रविधिको विषयमा मात्र केन्द्रीत भएर विधेयक ल्याउनुपर्ने बताउनुभयो।

सांसद खगराज अधिकारीले फेरीपनि मानविकी, कानून, व्यवस्थापन लगायतका विषय हुने तर कृषि तथा प्रविधिको कुरा नआउने देखिएको भन्दै विधेयकमाथी गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपाल भित्र उत्पादन हुने वस्तुहरुको पेटेन्ट राइट अन्य देशले लिइसकेको उल्लेख गर्दै विश्व विद्यालयलाई स्थानीय उत्पादनसँग जोडेर जानुपर्ने बताउनुभयो।

सांसद विद्या भट्टराईले अहिलेपनि नेपालमा प्रकृतिक विज्ञानलाई मात्र विज्ञान बुझ्ने सामाजिक र सांस्कृतिक विज्ञानलाई विज्ञान नमान्ने प्रवृति रहेको भन्दै विज्ञानभित्र सबै विषयको अध्ययन हुनुपर्ने बताउनुभयो। उहाँले नेपाली समाजलाई समृद्ध बनाउने हो भने विश्वविद्यालयलाई विकल्पको रुपमा ल्याउनुपर्ने भन्दा पनि प्रतिस्प्रधि बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयलाई वस्तुको पेटेन्ट राइटको विकास गर्ने गरी मात्र नभएर नेपालको संस्कृति र परम्पराका विषयमा पनि अध्ययन अनुसन्धान गरी पेटेन्ट राइन सुरक्षित गर्नेगरी विकास गर्नुपर्ने बताउनुभयो।

सांसद उमाकान्त चौधरीले विज्ञान र प्रविधिमा अगाडि बढ्न नसकेसम्म देशको आर्थिक समृद्धि नहुने उल्लेख गर्दैं नयाँ सोचसहित विश्वविद्यालयको परिकल्पना गरिएपनि पुरानै विषयको अध्यापन गराउने उद्देश्य राख्नुले अन्य विश्वविद्यालयसँग खासै तात्विक फरक नदेखिएको बताउनुभयो। उहाँले पनि सरकारको सोच अनुसारको विधेयक आउन नसकेको बताउनुभयो।

सांसदहरुको प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको मूल फोकस साइन्स र टेक्नोलोजिमा नै भएको तर अन्य विषयहरुमाथिको अनुसन्धानलाई पनि समावेस गरेर जानसक्ने किसिको परिकल्पना गरिएको बताउनुभयो । उहाँले यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने समेत बताउनुभयो। उहाँले देशको समृद्धिको लागि जनशक्ति तयार गर्न र प्रविधिको विकास गर्न यो विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभयो। विश्व स्तरको विशिष्ट विश्वविद्यालय निर्माण गर्न खोजिएकाले विश्वका ठुला विश्वविद्यालयले अपनाएका नीतिहरु अपनाउन लागिएको समेत बताउनुभयो।

मन्त्री पोखरेलले विश्वविद्यालयले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक रहेको बताउनुभयो। उहाँले २ वर्ष भित्रमा पठनपाठन सुरु गर्ने उद्देश्यले विधेयक निर्माणको प्रकृयामा हुँदै गर्दापनि गठन आदेशबाट कार्यान्वयनलाई अगाडि बढाईसकेको बताउनुभयो। उहाँले यो विश्वविद्यालय आर्थिक रुपमा पनि आफैमा निर्भर रहने गरी लगानी र उत्पादनलाई जोडिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...