HomeFeatureअमेरिकाको हैटीमा सञ्चालन अनाथालयमा जलेर १५ बालबालिकाको मृत्यु

अमेरिकाको हैटीमा सञ्चालन अनाथालयमा जलेर १५ बालबालिकाको मृत्यु

अमेरिका, १५ फरवरी, २०२०
अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् ।

अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर यो अनाथालय सञ्चालनमा छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...