HomeFeatureवर्तमान सरकारले नेपालीहरूलाई अपनत्व दिलाउन नसकेको नेपाली काँग्रेसको आरोप

वर्तमान सरकारले नेपालीहरूलाई अपनत्व दिलाउन नसकेको नेपाली काँग्रेसको आरोप

अछाम, 19 फरवरी 2020/ हिम शाह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सबै नेपालीको नभएर नेकपाको मात्र सरकार भएको आरोप लगाउनुभएको छ। सरकारका गतिबिधि हेर्दा यो नेपाली जनताको सरकार नभएर नेकपाको मात्रै सरकार हो कि जस्तो लागेको आभाष भएको बडुले बताउनुभयो। नेपाल प्रेस यूनियन अछामले बुधबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बडुले सो कुरा बताउनुभएको हो। उहाँले राज्यका संवैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर संविधानको मर्म विपरित काम गरिरहेका बताउनुभयो।

उहाँले अख्तियार सरकारको प्रभावमा परेर काम गरिरहेको आरोप लगाउनुभयो। बडुले भ्रष्टाचारीलाई कारवाही गर्नमा काँग्रेसको विरोध होइन तर कानुनको प्रयोग विभेदपुर्ण भएको बताउँदै यसमा काँग्रेसको गम्भीर आपत्ति रहेको सुनाउनुभयो।

न्यायालयले सहि र गलत छुट्याउला तर त्यहाँ पुर्याउने बाटो नै गलत भयो ललिता निवास प्रकरण बारे बोल्दै बडुले भन्नुभयो। सरकारले ल्याउन लागेका प्राय कानुन विधेयकहरु संविधानको मर्म विपरित छन्। सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको छैन। सरकारको बजेटको प्राथमिक्ता पछाडि परेको क्षेत्रको बिकासका लागि छैन। सुदूरपश्चिमको बिकासका लागि सबै दल एक ठाउमा उभिनुपर्छ पूर्व मन्त्री बडुले भन्नुभयो।

पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना बन्नुपर्छ। एम.सी.सी. नेपालको विकासका लागि निकै आवश्यक छ। प्रजातन्त्र सस्थागत गर्न बिकास र सम्बृद्धि पहिलो आवश्यकता हो त्यसका लागि एम.सी.सी. आवश्यक छ भनेर काँग्रेसको नेतृत्वको सरकारले हस्ताक्षर गरेको हो। एमसीसीको बिषय बारे कांग्रेस स्पस्ट छ तर नेकपा भित्र केही दुबिधा रहेको देखियो। सैन्य गठबन्धनमा जाने कुरा हाम्रो पनि समर्थन छैन।

काँग्रेसले शसक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको भन्ने प्रश्नमा बडुले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भैरहेको बताउनुभयो। काँग्रेस जिम्मेवार प्रतिपक्ष हो। नेकपाको जस्तो प्रतिपक्ष कांग्रेस होईन। पाटीमा आन्तरिक विवाद हुनु सामान्य हो तर यसले गर्दा शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कुनै असर परेको छ। मुलुकको सम्बृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार जरुरी छ। नेकपाको नेतृत्वको सरकारले देशको सम्वृद्धि संभव छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...