काठमाण्डौ, 20 फरवरी
प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचारविरुद्धको अभियानमा लागेको बताइरहेका बेला सरकारकै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने घुसको बार्गेनिङ गरेको एक अडियो सार्वजनिक भएको छ । लेखा समितिमा छानबिनका क्रममा रहेको सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो अहिले भाघरल बनेको छ । स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ।
सुन्नुहोस अडियो









































