HomeFeatureकमरेड प्रचण्ड ,जनयुद्ध र् गणतन्त्र नेपाल

कमरेड प्रचण्ड ,जनयुद्ध र् गणतन्त्र नेपाल

कमरेड ‘प्रचण्ड’ नेपाली जनताको बीचबाट, नेपाली जनताको मुक्तियुद्धको मैदानबाट निर्माण भएको नेत्तृत्व हो !

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित ‘जनयुद्ध’को आरम्भ गरेको थियो। विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उनले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा अगाडि बढ़नु पर्दछ !

कम्युनिष्टहरू सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण संघर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि  बढ्न जरूरी छ!

माओवादीले “साम्राज्यवाद र विस्तारवादका आड भरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यव्यवस्था स्थापना गरौं ।” भन्ने मूल नाराका साथ सशस्त्र जनयुद्धको थालनी गरेको थियो । रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सुन्धलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान बैंकको कार्यालयमा राती एउटै समयमा हतियार सहित सशस्त्र आक्रमण गरी जनयुद्धको थालनी गरेको थियो । नेकपा (माओवादी) को मुख्य नेतृत्वले ‘जनताको राज्यसत्ता प्राप्त नगरेसम्म बन्दुक नबिसाउने सात राजनीतिक प्रतिबद्धता’ सहित सशस्त्र जनयुद्धको थालनी गरेको थियो र नेपालमा यस प्रकारको सशस्त्र जनयुद्ध दश वर्षसम्म चल्यो । तर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाट सशस्त्र जनयुद्धको कार्यदिशा, कार्यक्रम र कार्ययोजना समेत स्थगित गरी ‘लोकतान्त्रिकक गणतन्त्र’ को कार्यदिशा तय गरेर शान्ति प्रक्रियामा आएपछि २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाबाट संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएको थियो !

आदरणीय  कमरेड प्रचण्डको नाम ,तस्बीर  पोस्टरमा  मैले देखेको थिए ! तपाईंलाई चिन्नु  अघि पोस्टरको  तस्बीरमा मात्रा देखेको थिए! त्यों बेला भेटनु  पाउनु भनेको सामान्य थिएन!   त्यों समय म जनमिलिशियाबाट सुरु गरेको थिए! म लगायत कमरेडहरू  अर्घाखाँचीको पहिलो जनमुक्ति सेना भएको थियौ ! र आफ्नो स्कुले पढाइलाई बीचैमा थाँती राखेर जनयुद्धमा होमिइसकेकी थिएँ । मैले मानव जातिको मुक्तिका लागि बाँचे सिङ्गो संसार जित्ने र मरे सहिद हुने सपना देख्दै सर्वहारावर्गको  मुक्तिको लागी जनताको घर आंगन थिए!

युद्धका भीषण मोर्चामा दांग ,रोल्पा,  कमरेड कृष्ण बहादुर मोहरा मार्फ़त दिल्लीमा  र् झोलाभरी कागजात बोकेर पंजाबमा  तपाईंलाई भेट्ने मौका मिलेको थियो  त्यतिबेला पार्टीको निर्णय नै सर्वोपरि हुन्थ्यो । पार्टीका निर्देशनहरू शिरोधार्य गरेर आफ्ना व्यक्तिगत सपना र योजनाहरूलाई तपशीलमा राखेर हामी  पार्टीलाई सफल पार्न कुँदिरहेका थियौँ ।  नेपालको  विकट गाऊघरमा  कति जनताका कोठे भेला गर्यौं र कति टोलभेला गर्यौं भन्ने कुराको दुरुस्त विवरण हुन्थ्यो । कसले पार्टीविरुद्ध सुराकी गरिरहेको छ र कसले जनताका विरुद्ध तमसुक बनाइरहेको छ! मुख्य नेतृत्वले पार्टी, सङ्गठन , जनयुद्ध कसरी बलियो  गर्न सकिन्छ!  भन्ने कुरा बैठकको मुख्य  एजेन्डा बन्थ्यो । हिजो के–कस्ता योजना सफल हुन सकेनन् र किन भनेर समीक्षा हुन्थ्यो ।आलोचना र आत्मालोचना हुनथ्यो । भोलि कसरी जाने भनेर एउटा मार्गचित्र तय गरिन्थ्यो । आआफ्नो स्तरका बैठक र भेलाहरू गरिन्थे र हामी २४सै घण्टा बेफुर्सद थियौं । हामीले आफूलाई, आफ्ना व्यक्तिगत आकाङ्क्षा र सपनालाई विर्सिदिएका थियौं र यसका लागि हामीलाई कसैले बाध्य बनाएको थिएन । तपाईंको विचार र् नेतृत्वको  प्रभावित भएर हामी जानाजान रहरमा आफूलाई बिर्सिएर पार्टी र क्रान्तिका लागि समर्पित भएका थियौं ।

प्रिय कमरेड ,  एउटा आँट गर्नोस् ।  विरोधीहरूलाई एउटा गतिलो झापड दिनुछ ! पार्टी भित्रका गद्धारहरुलाई नफ्याकेर क्रान्ति सम्पन्न गर्न सकिन्न भन्ने पछिल्लो उदाहरण र शिक्षा चिनियाँ कम्युनिष्ट पार्टीबाट लिन सकिन्छ । त्यहाँ छन् तु स्यु जस्ता दक्षिणपन्थीमा भासिएको, लिलिशान जस्ता उग्रवामपन्थी भड्काउमा परेको र वाङमिङ जस्ता वाम विचलनवादी पार्टीको समग्र तहबाट फ्याकेर कमरेड माओ त्सेतुङको नेतृत्वमा अगाडि बढेर मात्र चीनमा महान् जनवादी क्रान्ति सफल भएको थियो । नेपालमा पनि यो सिद्धान्त लागुहुन्छ ।  भने तपाईले जनतालाई एउटा नयाँ बिहानी दिनुछ, तपार्इंले, सारा नातावाद,  कृपावाद, गुटवादको अन्त्य गर्दै पार्टीभित्रैबाट न्याय र समानताका लागि एउटा नयाँ परम्पराको थालनी गर्नु छ तपाईंले । एउटा युगपुरुष हो तपाईं, थाक्ने र भाग्ने छुट छैन,!

तपाईं आफ्नो घरका छोराछोरी छोडेर किन अर्काका छोराछोरी आफ्नो बनाउन पट्टिी लाग्नुभएको छ वर्षौंदेखि पार्टी र क्रान्तिका लागि बलिदान अर्पिने हजारौँ जनमुक्ति सेनाहरू र पार्टी कार्यकर्ताहरूलाई   भूलनु हुदैन ! आज  पार्टीमा काम गर्ने कालु मकै खाने भालु भन्ने उखानलाई चरितार्थ गर्दै, लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेँडुको शैलीमा मानिसहरू अवसरका लागि किन हानथाप गरिरहेका छन्  हिजो हामीलाई एक रात सेल्टर दिन नसक्नेहरू आज तपाइको वरिपरि चक्कर लगाएर् महान क्रान्तिकारी नेता भएको छन!

इतिहास हाम्रा अगाडी छ । माक्र्स देखि लेनिन–स्तालीन माओ देखि अहिले ‘प्रचण्ड’ सम्म देशी विदेशी  सक्तिले आफ्ना  लालित–पालित प्रतिनिधिले  विचार र नेत्तृत्व  विरुद्ध हमला गर्दै आएको छ ।

लेनिनको विरुद्ध कट्स्की र स्तालीनको विरुद्धमा खु्रश्चेभ अनि माओको विरोधमा लीन प्याओहरु प्रचण्डका  विरुद्ध

नियोजित रुपमा घुसपैठ गराइएर् विश्वासघात, षडयन्त्र र जालझेलका रुपमा खुनी कार्यहरु गरिरहेका छन् ।  “माक्र्सले सामाजिक वर्ग संघर्ष, क्रान्तिको द्वन्दवादी दर्शनको घोषणा गरेपछि साम्राज्यवाद र पूँजीवादका दलालहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको थियो । त्यसैगरी लेनिनको जमानामा कट्स्कीहरु जस्ताका प्रवृत्तिको कारण कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरण विसर्जनको बाटोतिर धकेल्न खोजियो । त्यसैगरी स्तालीनको युगमा ख्रुश्चेभ घाँसभित्र छिपेर रहेको विषालु सर्पको रुपमा आफूलाई प्रमाणित गरेको छ ।

कमरेड प्रचण्ड नेपाली इतिहासको सम्पूर्ण कालखण्डमध्ये तपाईं एक त्यस्तो पात्र हुनुहुन्छ, जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गर्नुभयो । राज्यका सबै तह र निकायमा हस्तक्षेपकारी भूमिकाको अगुवाइ गर्दै उत्पीडित एवं सीमान्तकृत समुदाय एवं वर्गलाई राज्यको उपल्लो तहसम्म पुर्याउन ऐतिहासिक संविधान सभाको चुनाव मात्र गराउनु भएन, नयाँ संविधानमार्फत आम जनसमुदायलाई अधिकार सम्पन्न गराउने सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था प्राप्तीमा तपाईंको योगदान अतुलनीय छ । मूलतः यसकारण तपाईलाई म सदा सम्मानका साथ लाल सलाम गरिरहन्छु ।

                                                                                                        लेखकः आरबी खड्का भारत

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...