HomeFeatureरुसको मस्कोमा भारतका लागि 3 स्वर्ण जितेकी रेजिना तामाङलाई दिल्ली विमानस्थलमा भव्य...

रुसको मस्कोमा भारतका लागि 3 स्वर्ण जितेकी रेजिना तामाङलाई दिल्ली विमानस्थलमा भव्य स्वागत

नयाँ दिल्ली/ 2 मार्च

रुसको मस्कोमा सम्पन्न मस्को स्टार्स इन्टरनेशनल जुनियर वुशु प्रतियोगितामा भारतका लागि 3 स्वर्ण जितेकी नेपालकी छोरी रेजिना तामाङलाई दिल्ली विमानस्थलमा भव्य स्वागत गरिएको छ । मस्कोमा 24 देखि 28 फरवरीसम्म चलेको प्रतियोगितामा 3 स्वर्ण जितेकी रेजिनाको स्वागतका लागि गए राति ठूलो संख्यामा प्रवासी नेपाली र भारतीय नागरिकहरु विमानस्थल पुगेका थिए।

सो प्रतियोगितामा भारतका सुरोजित सरकारले 1 रजत र एक काँस्य पदक जितेका थिए। आफ्नो अन्तिम जुनियर वुशु खेलमा 3 स्वर्ण जितेकी रेजिनाले उपलब्धिप्रति खुशी व्यक्त गरेकी छिन । रेजिना तामाङ भारतको राजधानी दिल्लीमै जन्मिएको भए पनि उनका बुवा किशन तामाङ र आमा कमला तामाङ नेपालको नुवाकोटका वासिन्दा हुन ।

उनिहरु लामो समयदेखि दिल्लीको मोडल टाउनमा बसोबास गरिरहेका छन । नेपाल मूलकै वुशु प्रशिक्षक मोनी लामाको प्रशिक्षणमा रेजिनाले कयौं वर्षदेखि भारतका लागि पदकहरु जित्दै आएकी छिन । रेजिनाले ताउलूको ननक्वान, नानदाओ र नानगुन प्रतिस्पर्धामा 3 स्वर्ण जितेकी थिइन । यसअघि उनले जुनियर एसीयाली च्याम्पियनशीपमा भारतलाई काँस्य पदक दिलाएकी थिइन । दिल्ली विश्वविद्यालयमा ओपनबाट स्नातक गरिरहेकी रेजिनाले अब दिल्लीका तर्फबाट सिनियर प्रतियोगितामा भाग लिनेछिन । रेजिना तामाङसँगै सुरोजित सरकार पनि मोनी लामासँग मोडल टाउनमा प्रशिक्षण लिने गर्दछन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...