HomeFeatureनागरिकताको आधारमा भारतमा बैंक खाता खोल्ने पहल, नेजस भारत र एसबीआई नेपालद्वारा...

नागरिकताको आधारमा भारतमा बैंक खाता खोल्ने पहल, नेजस भारत र एसबीआई नेपालद्वारा अन्तरक्रिया

नयाँ दिल्ली/ 2 मार्च
भारतमा रहेका प्रवासी नेपालीहरुको नागरिकताको आधारमा बैंक खाता खोल्नुपर्ने विषयमा हिजो दिल्लीमा एक अन्तर्रक्रिया कार्यक्रम गरिएको छ । नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा दिल्लीको आईटीओमा गरिएको कार्यक्रममा नेपाली नागरिकताकै आधारमा बैंक खाता खोलिनुपर्ने वक्ताहरुले बताएका छन ।

नेपाल एसबीआईका उच्चस्तरीय प्रतिनिधिमण्डलका साथै भारतीय स्टेट बैंकका शीर्ष अधिकारीहरु पनि उपस्थित रहेको कार्यक्रममा नेपाली नागरिकता आधारमा बैंक खाता खोल्नका लागि दिल्लीस्थित नेपाली दूतावास र भारतीय बैंकको समन्वयमा पहलहरु भरहेको बताइएको थियो ।

नेपाली नागरिकताको डिजीलिकरण नभएकाले नागरिकताको आधारमा अहिलेनै खाता खोल्न सहज नभए पनि नेपाली दूतावाससँग त्यसको विकल्पमा प्रयासहरु भइरहेको नेपाल एसबीआईका प्रवन्ध निर्देशक अनुकुल भटनागरले बताउनुभयो । भारतबाट पनि ठूलो परिमाणमा रेमिट्यान्स जाने भए पनि सरल रुपमा नेपाल नपुग्ने भएकाले भारतमा एसबीआई बैंकमा खाताहरु खोलिए सस्तो दरमा पैँसा घर पुग्ने र त्यो उत्पादनमूलक काममा प्रयोग हुने बताईएको थियो । नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै अध्यक्ष पाण्डेले अहिले दोहोरो नागरिकताको विषयले नेपालीहरु मर्कामा परिरहेको अवस्थामा नेपाली नागरिकतामै खाता खोलिने व्यवस्था भए दोहोरो नागरिकता समस्या समाधान हुने बताउनुभयो ।

अन्तरक्रियाको अध्यक्षता नेपाली जनसम्पर्क समिती उत्तर भारत क्षेत्रकी अध्यक्षा सुनिता जीसी कुँवरले गर्नुभएको थियो । त्यसअघि नेजस भारतको प्रशिक्षण कार्यक्रम पनि सोही स्थानमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...