नयाँ दिल्ली, 5 मार्च
चीनको वुहानबाट फैलिएको कोरोना भाईरस लगभग पुरै विश्वमा पुगिसकेको छ । चीनबाहिर पनि अब कोरोना भाईरसले तीव्र गतिका साथ प्रभावित गरिरहेको छ । कोरोना भाईरस अर्थात कोभिड-19 ले अब विश्वका 86 मूलुक प्रभावित भएका छन । विश्वमा यसको प्रकोप तीव्र रुपले बढिरहँदा अब भने चीनमा यसको प्रकोप अलि सुस्त भएको छ । भारतमा आज कोभिड-19 का 30 घटना पुष्टी भएका छन । अर्को तर्फ ईरानमा ज्यान गुमाउनेको संख्या 107 पुगेको छ । स्वीटजरल्याण्डमा कोरोनाका कारण ज्यान गुमाएको पहिलो घटना प्रकाशमा आएको छ भने अमेरिकामा कोरोनाका कारण 11 जनाको मृत्यु भएपछि स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । दक्षिळ कोरियामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 40 पुगेको छ भने 6 हजार यसबाट प्रभावित भएका छन । अर्को तर्फ इटलीमा 1 सयभन्दा धेरैको मृत्यु भएको छ भने 3 हजार संक्रमित भएका छन । कोरोनाको प्रकोप तीव्र रुपले बढिरहे पनि सावधानीका उपायले यसबाट बच्न सकिने चिकित्सकहरु बताउँछन । निरन्तर साबुन-पानीले हात धुनुका साथै सरसफाई राख्नाले यसको जोखिम कम गर्न सकिन्छ । ज्वरो, खोकी लगायत श्वास लिनमा समस्या भएमा चिकित्सकहरुलाई अवश्य जचाउँनु र बाहिर निस्कन परेमा मास्क प्रयोग गर्दा यसबाट बच्न सकिन्छ ।









































