HomeFeatureगोजमुमो अध्यक्ष विनय तामाङद्वारा सूखिया मानेभंज्याङको भ्रमण, जनताका गुनासा सुन्नुभयो

गोजमुमो अध्यक्ष विनय तामाङद्वारा सूखिया मानेभंज्याङको भ्रमण, जनताका गुनासा सुन्नुभयो

दार्जीलिङ, 5 मार्च, कयेश अंसारी

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङ्गले आज सूखिया मानेभञ्ज्याङ अन्तर्गत विभिन्न स्थानको भ्रमण गरि जनताको गुनासा सुन्नु भएको छ । भ्रमणको क्रममा छब्बिसेदेखि जनताको दुखेसो बुझ्दै आफ्नो भ्रमण शुरु गरेर अप्पर लोवर कोतावली, एम माया स्कूल , अप्पर – लोवर टिफिन डाँडा, चार माइल बस्ती, पार्मेन्ट बस्ती, राङभाङ्ग उच्चत्तर माध्यमिक विध्यालय हुँदै अन्तमा जौंबारीमा साँझ ६ बजे आफ्नो भ्रमणको सक्नु भएको हो । भ्रमण अवधी युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जन, केन्द्रिय सदस्य मणिकुमार राई, केन्द्रिय सदस्य उदय देवान, सुखिया मानेभञ्ज्याङ समष्टि अध्यक्ष/सचिव लगायत युमो कोषाध्यक्ष बृटो राई, युमो केन्द्रिय समिति सदस्य टाँसी भुटिया अनि महकुमा समिति सदस्य बुद्ध लामाको विशेष उपस्तिथि रहेको थियो। भ्रमण अवधी आफ्नो सम्बोधनमा विगत चुनावमा आफ्नो हार भएता पनि चुनाव अवधीमा दिएको बाचा पूरा गर्न आफू यसरी गोर्खे सन्तानको भलाकुसारी गर्दै प्रत्येक गाउँ-घरमा आएको अध्यक्ष बिनय तामाङले बताउनुभयो । आज कुनै राजनिती गर्न नआएको भन्दै उहाँले जनताको दुखेसो बाँड्न आफु यसरी प्रत्येक गाडी नपुग्ने स्थानहरु पनि भ्रमण गरिरहेको बताउनुभयो। आफुले जसरी पनि भोलिको दिनमा सहयोग पुरयाउने बाचा पनि उहाँले गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...