HomeFeatureकोरोना भाइरसको लक्षण, प्रकोप र यसबाट बच्न अपनाउनु पर्ने सावधानीहरू

कोरोना भाइरसको लक्षण, प्रकोप र यसबाट बच्न अपनाउनु पर्ने सावधानीहरू

हिम शाह/ 6 मार्च 2020
कोरोना भाइरस, अहिले जताततै यसैको चर्चा छ। नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ।
गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको यो भाइरसले शुक्रबारसम्म ३ हजार ३ सय ८३ मानिसको ज्यान लिएको छ। ९७ हजार ९ सय ३३ जना संक्रमित छन्।

ठूलो मात्रामा संक्रमण फैलिएका चीन, दक्षिण कोरिया, इरान, इटालीजस्ता देशले यसलाई कसरी रोक्ने र थप फैलिन नदिने भन्नेमा आफ्नो ध्यान केन्द्रीत गरेका छन्।

नेपालजस्ता संक्रमण नदेखिएका देशले यो भाइरस आउनै नदिन चाल्नु पर्ने कदम चालिरहेका छन्। तै पनि भाइरस तीव्र गतिमा फैलिरहेको छ।
कोभिड-१९ नाम दिइएको भाइरस नयाँ छ। डाक्टर र वैज्ञानिकहरूले यसबारे धेरै कुरा अझै थाहा पाएका छैनन्, कतिपय कुरा अध्ययनकै क्रममा छन्।
खाएपछि निको भइहाल्ने कुनै औषधी बनिनसकेको र पर्याप्त सूचनाको अभावमा धेरै मानिस कोरोनाको डरले त्रसित छन्।
कोरोना भाइरससँग हामी सचेत पक्कै हुनुपर्छ तर अतालिनु जरूरी छैन।

कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य समेटेर हाम्रा पाठकहरूका लागि यो ब्रिफिङ पेपर तयार गरेका छौं।

१.कोरोना भाइरस पक्कै पनि खतरनाक छ। तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ। त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन्।
२. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ। कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।
डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ। अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ। ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ।
३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्‍याल आदिमा चढेर यो बाहिर निस्कन्छ। त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन। अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन।
मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, र्‍यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन्।
४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ। त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।
५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन। तबसम्म यो शरिरभित्र छिर्न सक्दैन। भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो।

हामी प्राय: बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं। घरी आँखा मिच्छौं। घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्‍याउँछौं। यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ।
संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्‍याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।
६.जतिसक्यो धेरै हात धुनु पर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ।
जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।
कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ। त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ। यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ।
भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन।

७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ। तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन। कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो।
८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ। कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन।
यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ। पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्‍यालका छिटा तपाईंको नाक-मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन्। त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ। मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ। तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ। तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ।
९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन्। त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ। चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।
कोरोना भाइरसको संक्रमण भइहालेछ भने पनि अस्पताल जाँदा केही दिनको उपचारपछि निको हुन्छ। कि

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...