HomeFeatureगीता हातमा राखेर कमल थापाले खानुभयो पार्टी फुट्न नदिने कसम

गीता हातमा राखेर कमल थापाले खानुभयो पार्टी फुट्न नदिने कसम

काठमाण्डौ, 11 मार्च 2020

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खानुभएको छ। बुधबार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खानुभएको हो। अध्यक्ष थापाले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गीने संकल्प लिएर एक भएको बताउनुभयो। विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताउनुभयो। उहाँले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो। अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको द्वुविधा र आशंकालाई हटाउनुपर्ने बताउनुभयो। उहाँले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गर्नुभएको छ।

अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताउनुभएको छ। अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको बताउनुभएको छ। पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उहाँले बताउनुभयो। पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उहाँले बताउनुभयो। देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उहाँले बताउनुभयो। थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताउनुभयो। अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्गचित्र त्रृटिपूर्ण रहेको बताउनुभएको छ।

नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उहाँले लगाउनुभयो। अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताउनुभयो। उहाँले ब्रह्मलुटमा कांग्रेसको भूमि रहेको पनि बताउनुभयो। देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उहाँले आग्रह गर्नुभयो। उहाँले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानूनको कट्घरामा उभ्याउने समेत बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...