नयाँ दिल्ली,12 मार्च
विश्वका 114 देशहरुमा प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । WHO का प्रमुख टेड्रोस अधानोम घेब्रेसीसले कोरोना भाइरस प्रकोपलाई लिएर आफुहरुले निरन्तर देशहरुलाई कडा पहल कदमीका लागि आह्वान गरिरहेको भन्नु भएको छ । उहाँले हामीहरुले सावधानीका घण्टीहरु स्पष्ट र ठूलो आवाजमा बजाइरहेको बताउनुभयो ।

कोरोना भाइरस अर्थात कोभिड-19 अहिले विश्वका 114 देशमा पुगिसकेको छ । यस प्रकोपका कारण विश्वभरि 1 लाख 26 हजार 3 सय 69 जना यसबाट संक्रमित भएका छन । यस भाइरसका कारण 4 हजार 6 सय 33 जनाको मृत्यु भइसकेको छ । चीनबाट फैलिएको यस कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसहरु चीनमै संक्रमित भएका छन । चीनमा 80 हजार 796, इटलीमा 12 हजार 462, इरानमा 9 हजार, दक्षिण कोरियामा 7 हजार 8 सय 69 जना संक्रमित भएका छन । त्यसैगरी अहिलेसम्म भारतमा 62 जनामा भाइरसको संक्रमण भएटिएको छ भने नेपालमा 1 जनामा संक्रमण भेटिएको छ ।









































