HomeFeatureकोरोना भाइरसको संक्रमण : कपिल शर्मा शोको सुटिङ स्थगित

कोरोना भाइरसको संक्रमण : कपिल शर्मा शोको सुटिङ स्थगित

नयाँदिल्ली, १८ मार्च, २०२०
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिरहेको छ । भारतीय अधिकारीहरुका अनुसार १४५ भन्दा बढिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि भारतका सबै राज्यले सतर्कता अपनाएका छन् ।

यसैबीच कोरोना भाइरसको महामारीले हिन्दी सिनेमा बलिउड ठप्प भएको छ। महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेका छन् । समाचार अनुसार कोरोना भाइरसकै कारण बलिउडका धेरै फिल्मको सुटिङ रोकिएका छन् भने टिभी शोका सुटिङहरु पनि स्थगित गरिएका छन् ।

भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको छ। सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको बताइएको छ ।

त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन्। मुम्बईका कमशिनरले फिल्म सिटीमा भइरहेका सबै सुटिङ स्थगित गर्न निर्देशन दिएका थिए। जसका कारण कसौटी जिन्दगी की २ पनि प्रभावित बनेको छ । फिल्म सिटी ३१ मार्चसम्म बन्द गर्न निर्देशन दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...