HomeFeatureदार्जीलिङका गोदामहरूमा सोमबारसम्म खाद्यन्नको भण्डारण हुने, वितरणमा अनियमितता भए कडा कारबाही गरिने

दार्जीलिङका गोदामहरूमा सोमबारसम्म खाद्यन्नको भण्डारण हुने, वितरणमा अनियमितता भए कडा कारबाही गरिने

कालेबुङ, 3 अप्रेल/ शिला पोख्रेल

विनय तामाङ खेमाको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले खाद्य एवम् आपूर्ति मन्त्रालय मातहत 6 अप्रेलसम्म दार्जीलिङ पहाडका निर्दिष्ट गोदामहरूमा पर्याप्त मात्रामा खाद्य सामग्रीहरूको भण्डारण हुने जनाएको छ। पश्चिम बङ्गाल सरकारद्वारा जनहितमा जारी गरिएको निर्देशन बमोजिम जन वितरण प्रणाली मार्फत् 1  अप्रेलदेखि सेप्टेम्बरसम्म दार्जीलिङ पहाडमा  राशन वितरण गर्ने भनिएपनि यातायातको असुविधाको कारण सम्बन्धित गोदामहरूमा आवश्यक खाद्य सामग्रीहरूको भण्डारण गर्न सकिएको थिएन्। गोजमुमोले एक विज्ञप्ति जारी गर्दै आउने सोमबारसम्म दार्जीलिङ पहाडका निर्दिष्ट गोदामहरूमा खाद्यन्नहरूको भण्डार हुने साथै राशन वितरण कार्य पनि सुरु हुने जनाएको छ।

गोजमुमोद्वारा जारी विज्ञप्तिमा पश्चिम बङ्गाल सरकारद्वारा तोकिएको मात्राअनुसार नै जनसाधारणले राशन पाउनु पर्ने बताइएको छ। यदि कुनै एम.आर. डिलरले सरकारले तोकेको मात्राभन्दा कम राशन वितरण गरे वा निर्धारित समयमा वितरण नगरे त्यसको प्रमाणसहितको जानकारी आफुहरूलाई दिन गोजमुमोले विज्ञपतिमार्फत् भनेको छ। राशन वितरण प्रक्रियामा कुनै एम.आर. डिलरले अनियमितता वा धाँधली गरेको पाइएमा सो उपर कडा कारबाही गराउनमा गोजमुमो पार्टीले पहल गर्ने विज्ञप्तिमा उल्लेख छ।

यदि खाद्यान्न आपूर्ति गर्न सप्लायर्स, मिल्स तथा वितरकहरूले सरकारी आदेशको पालना नगरेको पाइए उनिहरू विरूद्ध पनि कारबाही गरिने विज्ञप्तिमा भनिएको छ। साथै लकडाउनको अवधिमा बजारमा कालोबजारी गर्ने सप्लायर्स, मिल्स तथा वितरकहरूलाई कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ। खाद्यान्न वितरण कार्यमा अनियमितता भएको पाए वा बजारमा कालोबजारी भएको भेटाए उजुरी दिन जीटीए क्षेत्रका दुवै जिल्लाहरूको लागि GJM Complain Cell स्थापना गरिएको छ। यस सेलले भोलिदेखि आफ्नो कार्य गर्नेछ।

निम्न उल्लेखित नम्बरहरूमा वाट्सएप सन्देशद्वारा ठोस जानकारी तथा प्रमाणसहित उजुरी दिन सक्नुहुनेछ।

वाट्सएप नम्बरहरू

9832042879

9775574133

8250777261

8670009335

9749353425

9851037055

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...