HomeFeatureक्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा

क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा

काठमाण्डौँ, 6 अप्रेल

संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ। सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषता सहितको कोभिड-19 साथी एप सञ्चालनमा आएको हो। एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो। ‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखेका व्यक्ति सिमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालिन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलर्ट’ बज्ने उहाँले बताउनुभयो।

एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ वा छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनगमन गर्नेछ। क्वारेन्टाइनमा आपतकालिन अवस्थामा टेलिफोन सञ्चार नचलेमा पनि एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर सामवेश गरिएको छ। यस्तै उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुऱ्याउने विशेषता पनि एपमा समावेश गरिएको छ। सो मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोख्न, कुन ठाउँमा कति मानिसहरुलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पुऱ्याउन सहयोग गर्नेछ।

गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कोभडि-19 साथी एपले कोरोनाका लागि मात्रै नभएर भविस्यमा सूचना केन्द्रीत गर्न पनि भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

यसैगरी कोरोना भाइरसको तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेवसाइट पनि सञ्चालनमा आएको छ। एकीकृत तथा भू-सान्दर्भिक राष्ट्रिय कोभिड-19 ले सूचना प्रणालीको माध्यमले सूचना तथा तथ्याङ्कको दैनिक संकलन, विश्लेषण, भण्डारण र सम्प्रेषण गर्नेछ। वेवसाइटको माध्यमबाट स्थलमार्ग तथा हवाईमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामूदायिक क्वारेन्टाइनमा वा आफ्नै घरमा क्वारेन्टाइनमा बसेकाहरुको विवरण, उनीहरुको स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण, प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाव आदिको नेपाल भरीको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने छ। https://covid19.ndrrma.gov.np/ को माध्यमबाट कोभिड-19 को जोखिममा रहेका समुदायको पहिचान गरी समुदाय केन्द्रीत विपद् प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न मद्दत गर्नेछ। भारतलगायत अन्य देशबाट आएका व्यक्तिहरुको सूचना आफैले क्राउड सोर्स प्रविधिबाट आफै राख्न सकिने विशेषता पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...