HomeFeatureदार्जीलिङमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

दार्जीलिङमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

दार्जीलिङ, 6 अप्रेल/ रुबेन गुरुङ

दार्जीलिङमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ, भने अन्य दुई जना गम्भिर घाइते भएका छन्। दार्जीलिङ शहरबाट तकभर चियाकमान जाँदै गरेको गाडी WB76A 7882 पातलेबास पुग्दा सडकबाट तल खसेर रामनारायण प्रधान (65) को घटनास्थमै मृत्यु भएको हो। गाडीका चालक नर्बु तामाङ र गौतम राई गम्भिर रुपले घाइते भएका छन्। उनिहरूलाई शहिद दुर्गा मल्ल (एडेन) अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्राप्त जानकारी अनुसार गोजमुमोका अध्यक्ष विनय तामाङले आज बिहान 7 देखि 12 बजेसम्म बजार खुल्ला रहने घोषणा भएको गरेपछि उनिहरू पसलको सामान किन्न भनेर बिहान 7 बजे तकभर पहिलो नम्बरबाट दार्जीलिङ गएका थिए। आवश्यक सामानहरू लिएर फर्किने क्रममा सो दुर्घटना भएको हो।

पुलिसको औपचारिकतापछि प्रधानको शवलाई घरमा लगिएको छ। उनको अन्तिम संस्कार भोली गरिनेछ। सामाजिक कार्यमा संलग्न रामारायण प्रधान कलासित सम्बद्ध संस्था “नवज्योति परिवार” का संस्थापक थिए। त्यसैको ब्यानरमा थुप्रै कार्यक्रम र उनीद्वारा लिखित निर्देशित नाटकहरूको आयोजन 70-80 को दशकमा गरिएका थिए।

उनको आकास्मिक निधनमा सम्पूर्ण तकभर समष्टिवासीले शोक प्रकट गर्दै उनको आत्माको चिर शान्तिको लागि कामनासहित शोक सन्तप्त परिवारजन प्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भनेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...