HomeFeatureअन्तर्राष्ट्रिय हवाई उडान बैशाख 18 गते (अप्रिल 30) सम्म बन्द गर्ने सरकारको...

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख 18 गते (अप्रिल 30) सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाण्डौँ, 7 अप्रेल

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख 18 गते (अप्रिल 30) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथामा तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख 3 गते (अप्रील 15) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा 15 दिन समय थप गरी बैशाख 18 गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो। आन्तरीक उडान बैशाख 3 गते सम्म बन्द गरिएको छ।

बैठकले कोरोना भाइरस (कोभिड-19) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ऱ्यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उहाँले बताउनुभयो। कैलाली, कञ्चनपुर र बाग्लुङमा आर.डी.टी. पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पी.सी.आर. मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उहाँले बताउनुभयो। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्लालगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताउनुभयो।

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताउनुभयो। स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जीटुजी) मार्फत प्रतक्ष खरिद गर्ने प्रकृया अगाडी बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो। त्यस्तै विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ।

सचिव विडारीले कोभिड-19 को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिनुभयो।

बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समिक्षा भएको थियो। सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका 1 लाख 14 हजार 3 सय 16 जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले बताउनुभयो। त्यस्तै 30 हजार 5 सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उहाँले बताउनुभयो। लकडाउनको अवस्थमा 2 हजार 6 सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र 2 हजार 2 सय 35 सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ।

यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर 1 हजार 9 सय 39 वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले गराउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...