नयाँ दिल्ली, 9 अप्रेल
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। वैश्विक चुनौतीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड-19) का कारण अहिले सम्म 89 हजार 700 बढीले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 15 लाख 32 हजार नाघेको छ। 3 लाख 37 हजार 471 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। कोरोना भाइरसको वैश्विक प्रभाव हेर्ने हो भने, इटालीमा सबैभन्दा बढी 17 हजार 669 जनाको ज्यान गएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा 4 लाख 35 हजार 160 जना भेटिएका छन्। इटालीमा 1 लाख 39 हजार 422 जनामा संक्रमणको पुष्टि भएको छ।
स्पेनमा अहिलेसम्म 15 हजार 238 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 52 हजार 446 पुगेको छ। कोरोना भाइरसको उद्गम बिन्दु चीनले भने स्थिति नियन्त्रणमा लिएको छ। चीनमा संक्रमितहरूको संख्या 81 हजार 865 पुगेको छ। 3 हजार 335 जनाले ज्यान गुमाएका छन्। भने 77 हजार 370 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। चीनमा अहिले सक्रिय संक्रमितको संख्या 1 हजार 160 जना रहेका छन्।









































