HomeFeature३० जना नेपाली मदजूरहरुलाई नेजस भारतद्वारा खाद्यान्न वितरण

३० जना नेपाली मदजूरहरुलाई नेजस भारतद्वारा खाद्यान्न वितरण

नयाँ दिल्ली, 9 अप्रेल

नेपाली जनसम्पर्क समिति भारतले कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनले भारतमा अलपत्र परेका नेपालीहरुलाई खाद्यान्न लगायतका राहत सामग्री सहयोग गर्ने क्रममा आज हरियाणाको कापसहेडामा रहेका ३० जना नेपाली मदजूरहरुलाई खाद्यान्न वितरण गरेको छ । भारतमा रहेका विभिन्न प्रवासी राजनैतिक संगठनहरुले दलगत स्वार्थभन्दा माथि उठेर समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने प्रतिवद्धता यसअघिनै जनाईसकेका छन । विभिन्न संगठनले सहयोग गरिरहेका क्रममा आज नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एंव नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेको नेतृत्वमा कापसहेडामा 30 जना नेपालीहरुको भोको पेट भर्ने प्रयास गरिएको हो । पाण्डेको साथमा सहयोगी ओमप्रकास शर्मा पनि रहनुभएको थियो ।

नेशनल लाईवसँग कुरा गर्दै पाण्डेले भारतमा समस्यामा परेका नेपालीहरुको अवस्था दयनीय हुँदै गएकाले आफुले प्रतिपक्षी दलको हैसियतले नेपाल सरकारलाई दवाब दिन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई आग्रह गरेको बताउनु भयो । सम्वादका क्रममा भारतमा नेपालीहरुको अवस्थाको बारेमा कुराकानी भएको बताउनुभयो । भारतमा नेपालीहरुमाथि परेको समस्या व्यक्तिगत प्रयासले सम्भव नभएकाले नेपाल सरकारले त्यसको जिम्मा लिएर समाधान गर्नुपर्ने धारणा देउबाले राख्नुभएको पाण्डेले बताउनुभयो ।

भारतमा रहेका नेपालीहरुको समस्या समाधानका लागि देउबाले सरकारलाई पटक-पटक घचघच्याईरहेको पाण्डेको भनाई थियो । उहाँले नेपाल सरकारले पहल नगरेसम्म आफुरहेको स्थानमा रहन नेपालीहरुलाई आग्रह गर्दै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न नेजस भारत मातहतका समितिलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...