नयाँ दिल्ली, 9 अप्रेल
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढ्दो क्रममा छ। भारतमा अहिलेसम्म 6 हजार 237 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या 186 पुगेको छ। भारतमा उपचारपछि 569 जना सञ्चो भएर घर फर्किएका छन्।
कोराना भाइरसका कारण सबैभन्दा धेरै महाराष्ट्र, तामिलनाडू, दिल्ली र केरला प्रभावित बनेका छन्। महाराष्ट्रमा अहिलेसम्म 1135 जनामा संक्रमण देखिएको छ। त्यहाँ 72 जनाको मृत्यु भइसकेको छ भने, 117 जना उपचारपछि ठिक भएर घर फर्किएका छ। तामिलनाडूमा 738 जनामा कोरोनाको संक्रमण देखिएको छ, 8 जनाले ज्यान गुमाएका छन् भने, अहिलेसम्म 21 जना उपचारपछि सन्चो भएका छन्। दिल्लीमा 669 जनामा संक्रमण पुष्टि भएको छ, 9 जनाको ज्यान गएको छ भने, 21 जना उपचारपछि ठिक भएका छन्।
त्यसैगरी तेलेङ्गानामा 427 जनामा, राजस्थान 381 जना, उत्तर प्रदेशमा 361 जना, आन्द्र प्रदेश 348 जना, केरलामा 345 जना, मध्य प्रदेशमा 229 जना, कर्नाटक 181 जना र गुजरातमा 179 जना र जम्मू कश्मिरमा 158 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
त्यस्तै, हरियाणामा 147 जना, पश्मिम बङ्गालमा 103 जना, पञ्जाबमा 101 जना, उडिसामा 42 जना, बिहारमा 38 जना, उत्तराखण्डमा 33 जना, आसाममा 28 जना, हिमाचल प्रदेश र चण्डिगढमा 18 जना, लद्दाखमा 14 जना, अण्डमान तथा निकोबार द्वीप समूहमा 11 जना र छत्तिसगढमा 10 जनामा कोरोना भाइरस पुष्टि भएको छ।
त्यसैगरी गोवामा 7, पुडुचेरीमा 5, झारखण्डमा 4, मणिपुरमा 1 तथा मजोरम, अरुणाचल प्रदेश र त्रिपुरामामा 1/1 मामिलाहरूको पुष्टि भएको छ।









































