काठमाण्डौँ, 12 अप्रेल
आज लकडाउन घोषणा भएको 20 औं दिन पनि जारी रहेको छ। चैत 11 गते विहान 6 बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो। लक डाउनका कारण राजधानीका सडक सुनसान छन्। विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ। आइतबार पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन्। प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रो पटक गरेको घोषणा गरी लक डाउन वैशाख 3 गतेसम्म जारी राख्ने बताएको छ। कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन्।
बैशाख 3 गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ। हिजो सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्धी केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताउनुभएको थियो।









































