रौतहट, 13 अप्रेल
नेपालमा कोरोना भाइरस (कोभिड-19) संक्रमितको संख्या 14 पुगेको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
पछिल्लो पटक कैलालीकी 65 वर्षीया वृद्धा र रौतहटका 1 युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टिनमा बसेका रौतहटका युवकमा परीक्षण गर्दा कोभिड-19 पोजेटिभ पाइएको सरकारले जानकारी दिएको छ।









































