HomeFeatureनेपालमा कोभिड-19 संक्रमितको संख्या 16 पुग्यो, थप 2 जनामा संक्रमण पुष्टि

नेपालमा कोभिड-19 संक्रमितको संख्या 16 पुग्यो, थप 2 जनामा संक्रमण पुष्टि

काठमाण्डौँ, 14 अप्रेल

नेपालमा कोरोना भाइरस (कोभिड-19) संक्रमितको संख्या 16 पुगेको छ। पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका 2 जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या 16 पुगेको हो। बेलायतबाट आएका एकै परिवारका 3 जनामा बैसाख 1 गते आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। पाटन अस्पतालमा पीसीआर विधिबाट थप परीक्षण गर्दा 2 जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। एक जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो। अहिले कैलालीमा 5, वीरगञ्जमा 4, बागलुङमा 2 जनाको उपचार भइरहेको छ। यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा 2 र पाटन अस्पतालमा 2 जनाको उपचार भइरहेको छ। 1 जना उपचारपछि घर फर्किसकेका छन्।

सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ। अहिलेसम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट 6 हजार 2 सय 99 जनाको परीक्षण गरिएको छ। पछिल्लो 24 मा 5 सय 84 वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै 4 हजार 8 सय 19 वटा जनाको परीक्षण भएको पछिल्लो 24 घण्टामा 3 सय 87 जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो। प्रयोशाला बाहिर अहिलेसम्म 1 हजार 4 सय 80 जनाको नमुना परीक्षण भएको  छ। पछिल्लो 24 घण्टामा मात्रै 1 सय 97 वटा परीक्षण भएका छन्। ऱ्यापिड डाइग्नोष्टिक विधिबाट अहिलेसम्म 6 हजार 6 सय 7 वटा परीक्षण भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै 13 सय 16 वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले 5 हजार 7 सय 71 जना क्वारेन्टिनमा रहेका छन्। उपत्यकामा 12 र उपत्यकाबाहिर 87 गरी 99 जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। ऱ्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ। देशभरी नै किट वितरण गरिएपनि अझै 21 जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...