HomeFeatureनेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाद्वारा सेक्टर 45, 25 र धनासमा खाद्यान्न...

नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाद्वारा सेक्टर 45, 25 र धनासमा खाद्यान्न वितरण

चण्डीगढ, 15 अप्रेल

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाले चण्डीगढका विभिन्न स्थानहरूमा नेपाली परिवारहरूलाई राहत वितरण गरेको छ। नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डेको विशेष पहल साथै नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखा अध्यक्ष शनी शर्माको नेतृत्वमा चण्डीगढको सेक्टर 45, 25 र धनासमा बसोबास गर्ने नेपाली परिवारहरूलाई अत्यावश्यक खाद्य सामग्रीहरू वितरण गरिएको हो। यस राहत वितरण कार्यमा सचिव रेशम राना, उपाध्यक्ष गमर पुन, धनबहादुर, बुद्धिनाथ ढकाल र महिला समिति अध्यक्ष देवी पौडेल, उपाध्यक्ष लक्ष्मी शर्मा, सचिव सृजना पुन, क्षेत्रीय मुख्य सल्लाहकार राजू चन्द र ढाका राम पौडेल साथै सम्पूर्ण कार्यकर्ताहरुको विशेष सहयोग र योगदान रहेको थियो।

लकडाउनको सुरूआत देखिनै समस्यामा परेका नेपालीहरूलाई राहत वितरण गर्दै आएको नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाले हिजो चण्डीगढस्थित सेक्टर 45 (बुडैल) का  20 परिवारलाई 20 दिनलाई पुग्ने राशन वितरण गरेको थियो।

वैश्विक महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) प्रकोप नियन्त्रण र रोकथाम गर्न भारत पूर्ण रूपमा लकडाउन छ। लकडाउनसँगै भारतभरी रहेको नेपाली मजदुरहरूमा खाद्यान्नको संकट छाएको छ। कुनैपनि नेपालीले कमसेकम भोकमरीका कारण ज्यान गुमाउन नपरोस् भनेर ट्राई सिटीमा बसोबास गर्ने नेपालीहरूलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष शनी शर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...