नयाँ दिल्ली, 16 अप्रेल
भारतमा पिज्जा डिलिभरी ब्वाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि 72 परिवारलाई क्वारेन्टिनमा राखिएको छ। दिल्लीमा पिज्जा घर–घरमा पुर्याउने एक 19 वर्षका युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो। ती युवामा कोरोनाको संक्रमण देखिएपछि उनले हालैका दिनमा पिज्जा पुर्याएका 72 परिवारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
दिल्लीको माल्विया नगर क्षेत्रमा रहेको प्रख्यात पिजा पसलमा ती युवा कार्यरत छन्। सोही पिज्जा पसलमा काम गर्ने उनका अन्य 16 सहपाठीलाई पनि क्वारेन्टिनमा राखिएको छ। ती युवाले करिब 5 किलोमिटर क्षेत्रका घरहरुमा पिज्जा पुर्याउने काम गर्दथे। प्रहरीका अनुसार ती युवाले हालै 72 परिवारलाई पिज्जा पुर्याएका थिए।
हालसम्म भारतमा 12 हजार 456 कोरोना संक्रमित छन् भने 423 संक्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी 1 हजार 513 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।









































