नयाँ दिल्ली डेस्क, 16 अप्रेल
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। वैश्विक चुनौतीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड-19) का कारण अहिले सम्म 1 लाख 36 हजार 48 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 21 लाख 667 पुगेको छ। 5 लाख 24 हजार जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 28 हजार 559 जनाको ज्यान गएको छ भने संक्रमितको संख्या 6 लाख 44 हजार 417 जना रहेका छन्। अमेरिकापछि इटालीमा सबैभन्दा बढी 21 हजार 645 जनाको ज्यान गएको छ। त्यहाँ 1 लाख 65 हजार 155 जनामा संक्रमणको पुष्टि भएको छ।
त्यसैगरी स्पेनमा अहिलेसम्म 19 हजार 130 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 82 हजार 816 पुगेको छ। चीनमा संक्रमितहरूको संख्या 82 हजार 341 पुगेको छ। 3 हजार 342 जनाले ज्यान गुमाएका छन्। त्यहाँ पछिल्लो 24 घण्टामा एक जनाको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ। चिनमा 77 हजार 892 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भने 1 हजार 107 जना उपारार्थ छन्।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढ्दो क्रममा छ। भारतमा अहिलेसम्म 12 हजार 456 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या 423 पुगेको छ। भारतमा उपचारपछि 1513 जना सञ्चो भएर घर फर्किएका छन्। नेपालमा भने कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 16 जना यथावत छ। 1 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने 15 जनाको उपचार चलिरहेको छ।









































