नयाँ दिल्ली, 18 अप्रेल
नेपाल तरूण दल भारतले दिल्लीका विभिन्न ठाँउमा नेपाली नागरिकहरूलाई राहत सामग्री वितरण गरेको छ। नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशी र कोषाध्यक्ष अर्जुन बोगटीको विशेष पहलमा नयाँ दिल्लीस्थित नाँग्लोई देवात र रोहिणी लगायतका विभिन्न ठाँउमा बसोबास गर्ने नेपाली समुदायका 50 जना नागरिकहरूलाई 15 दिन पुग्ने खाद्यान्न लगायत अत्यावश्यक राहत सामाग्री उपलब्ध गराईएको हो।
कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनपश्चात् उनिहरूलाई खानापिनाको समस्या भएपछि महासचिव जोशी र कोषाध्यक्ष बोगटीको संयुक्त पहलमा उनिहरूलाई राहत प्रदान गरिएको हो। लकडाउनको सुरूआत देखिनै नेपाल तरूण दल भारतले समस्यामा परेका नेपाली नागरिकहरूलाई राहत उपलब्ध गराउँदै आएको छ।









































