धनगढी, 18 अप्रेल/ हिम शाह
सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ। भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताउनुुभयो।
भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचारत थिए। सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका- १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको हो। यसअघि दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ बर्षीय युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ।









































