HomeFeatureलकडाउनको 29 औँ दिन, जनजीवन प्रभावित, अत्यावश्यक बाहेकका सबै क्रियाकलापहरु बन्द

लकडाउनको 29 औँ दिन, जनजीवन प्रभावित, अत्यावश्यक बाहेकका सबै क्रियाकलापहरु बन्द

काठमाण्डौँ, 21 अप्रेल

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज 29 औं दिन हो। कोरोना भाइरस (कोभिड–19) को रोकथामका लागि सरकारले गत चैत 11 गते यता लकडाउन गरेको छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। अत्यावश्यक काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन्। मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारीसाधनहरु भने चलेको देखिन्छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकरलगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन्। यस्तै सहरका भित्रि सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको देखिन्छ। सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन्। चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्।

सरकारले वैशाख 15 गते सम्म लकडाउनको समय तोकेको छ। नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या 31 पुगेको छ भने 4 जनालाई निको भइसकेको छ। यस्तै अहिले सम्म 8 हजार 4 सय 14 जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...