नयाँ दिल्ली डेस्क, 21 अप्रेल
नेपाली जनसम्पर्क समिति चण्डीगढ शाखाअन्तर्गत महिला समिति उपाध्यक्ष लक्ष्मी शर्माले एक सय जना नागरिकहरूलाई माक्स वितरण गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउनु अत्यावश्य रहेको भन्दै उहाँले आफैले माक्स उत्पादन गरेर वितरण गर्नुभएको हो।

कोरोना भाइरसको संत्रास अहिले समग्र विश्वमा छ। अहिलेसम्म यस भाइरस विरूद्धको कुनै औषधी र भ्याक्सिन बनेको छैन्। माक्स लगाए केही हदसम्म भएपनि कोरोनाको संक्रमणबाट बच्न सकिने उपाध्यक्ष लक्ष्मी शर्माले बताउनुभयो। उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर नजान, जानै परे माक्स लगाउन र सामाजिक दूरीको पालना गर्न अपिल पनि गर्नुभयो।
त्यस्तै नेपाली जनसम्पर्क समिति पश्चिम क्षेत्र भारत चण्डिगढ शाखा अध्यक्ष शनी शर्माले भारतको जिरखपुरमा लकडाउनका कारण खाद्यान्नको समस्यामा परेको एक नेपाली परिवारलाई सहयोग गर्नुभएको छ। गत एक महिनादेखि देश लकडाउन भएपछि रोजगारी गुमेर बिहान बेलुकाको छाक टार्नसमेत समस्यामा परेको खवर पाएपछि अध्यक्ष शर्माले चण्डिगढ स्टेटको कोअपरेटिभ बैंकका शाखा मेनेजर गुरमेल सिँहको सहयोगमा सो परिवारलाई सहयोग गर्नुभएको हो।









































