Homeसमाचारनेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या 32 पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या 32 पुग्यो

काठमाण्डौँ, 21 अप्रेल

नेपालमा कोरोना संक्रमितको संख्या 32 पुगेको छ। मंगलबार उदयपुरका एक जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या 32 पुगेको हो। उदयपुरबाट संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो। उदयपुरका 33 वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। उदयपुरबाट सोमबार 1 सय सहित 3 सय 20 वटा नमुना पीसीआर परीक्षणका लागि संकलन भएका छन्। यसैगरी वीरगञ्जबाट 2 सय 21 जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो।

ती नमुनाहरुको टेकु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा परीक्षण भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगञ्जलाई लक्षित गरेर ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ। 4 जना कोरोना संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने 28 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अहिलेसम्म 36 हजार 7 सय 19 वटा नमुना परीक्षण भएका छन्। पीसीआर र आरडीटी विधिबाट सो परीणाममा परीक्षण भएको मन्त्रालयले जनाएको छ। प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म 8 हजार 7 सय 63 नमुना परीक्षण भएका छन्। पछिल्लो 24 घण्टामा मा 3 सय 33 वटा परीक्षण भएका छन्। यसैगरी आरडीटी विधिबाट अहिलेसम्म 27 हजार 9 सय 56 र 24 पछिल्लो घण्टामा 2 हजार 8 सय 8 परीक्षण भएका छन्। अहिलेसम्म दुवै विधिबाट गरी जम्मा 36 हजार 7 सय 19 वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नम्बर 1 मा आरडीटी विधिबाट 2 हजार 6 सय 20, प्रदेश नम्बर 2 मा 3 हजार 5 सय 98 र बागमती प्रदेशमा 5 हजार 1 सय 57 नमुना परीक्षण भएका छन्। यस्तै गण्डकी प्रदेशमा 4 हजार 1 सय 83, प्रदेश नम्बर 5 मा 2 हजार 4 सय 83 कर्णाली प्रदेशमा 3 हजार 7 सय 38 र सुदूरपश्चिममा 6 हजार 1 सय 77 परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

अहिले देशभरी नै क्वारेन्टाइनमा 7 हजार 67 जना रहेका छन्। उपत्यकामा 6 जना र उपत्यका बाहिर 1 सय 1 गरी 1 सय 7 जना आइसोलेसनमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...