HomeFeatureस्थानीय निकायहरूले आफ्नो क्षेत्रका मानिसहरुलाई लैजान थालेपछि घर जानेको घुँइचो

स्थानीय निकायहरूले आफ्नो क्षेत्रका मानिसहरुलाई लैजान थालेपछि घर जानेको घुँइचो

काठमाण्डौँ, 21 अप्रेल

स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारी साधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको छ। लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारी साधनको व्यवस्था गरी लैजान थालेका हुन्। मंगलबार काठमाडौंको जडिबुटिमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन्। मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारी साधनको प्रतिक्षा गरिरहेका देखिन्छन्। लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो। तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन्।

यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको थियो। सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ। तर राहत थोरै हुने र यसले जिविको पार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिंडेरै घरतिर जान थालेका थिए। यसबाट झन ठूलो समस्या आउने भएपछि कतिपय जनप्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसहरुको उद्दार गर्न लागेका हुन्।

जसले गर्दा मंगलबार काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो। पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिसहरु सवारीसाधनको प्रतिक्षा गरिरहेका थिए। सुरक्षाकर्मीहरुले समेत सहजिकरणको काम गरिरहेको देखिन्थ्यो। स्थानीय तह र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पुऱ्याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...