HomeFeatureकोरोना संक्रमितको संख्या 25 लाख नाघ्यो, 1 लाख 71 हजार बढीको मृत्यु-...

कोरोना संक्रमितको संख्या 25 लाख नाघ्यो, 1 लाख 71 हजार बढीको मृत्यु- हेर्नुहोस् ताजा अपडेट

नयाँ दिल्ली डेस्क, 21 अप्रेल

कोरोना भाइरस कोभिड-19 को संक्रमण तीव्र गतिमा बढिरहेको छ। वैश्विक महामारीको रूप लिएको यस भाइरसबाट अहिलेसम्म 1 लाख 71 हजार 790 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 25 लाख 3 हजार 67 पुगेको छ। 6 लाख 59 हजार 106 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 42 हजार 518 जनाको ज्यान गएको छ भने संक्रमितको संख्या 7 लाख 92 हजार 938 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ 24 हजार 114 जनाको ज्यान गएको छ भने, 1 लाख 81 हजार 228 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 21 हजार 282 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 4 हजार 178 पुगेको छ।

कोरोनाको उद्गम बिन्दु देश चीनमा संक्रमितहरूको संख्या 82 हजार 758 पुगेको छ भने, 4 हजार 632 जनाले ज्यान गुमाएका छन्। चीनमा अहिलेसम्म 77 हजार 123 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 1 हजार 3 जनाको उपचार चलिरहेको छ।

भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 18 हजार 985 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 603 पुगेको छ। भारतमा 3 हजार 272 जना  उपचारपछि  सञ्चो भएर घर फर्किएका छन्।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 32 पुगेको छ। नेपालमा 4 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन् भने, बाँकी 28 जनाको विभिन्न अपस्पतालहरूमा उपचार भइरहेको छ। ती सबैको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...