HomeFeatureनेजस भारतका सबै क्षेत्रीय समितिहरु भोकै रहेका नेपालीहरुलाई राहत वितरण गर्दै

नेजस भारतका सबै क्षेत्रीय समितिहरु भोकै रहेका नेपालीहरुलाई राहत वितरण गर्दै

नयाँ दिल्ली, 22 अप्रेल

नेपाली जनसम्पर्क समिति भारतका विभिन्न स्थानमा रहेका समितिहरुले भोकै रहन बाध्य नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको छ। भारतमा कोरोना भाइरस महामारीलाई रोक्न गरिएको लकडाउनका कारण भोकै रहन बाध्य नेपालीहरुलाई सहयोग गर्न नेजस भारतको केन्द्रीय कार्यालयले गरेको निर्देशन बमोजिम क्षेत्रीय कार्यालय मातहतका शाखाहरुले सहयोग वितरण गरिरहेका छन। हिजो नेजस भारतका केन्द्रीय अध्यक्ष एवम नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको पहल र नेजस उतर भारतका सल्लाहकार कृष्ण पाण्डेको नेतृत्वमा दिल्लीको पटेल नगर पंजाबी बागमा १५ जना नेपाली मजदुरलाई १ हप्तालाई पुग्ने खाद्यान्न बितरण गरिएको छ।

त्यसैगरि पंजाबमा नेपाली जनसंम्पर्क समिति भारत पश्चिम उतर भारतका प्रमुख राजु चन्द ठकुरीको समन्वयमा चंडीगढको मुलामुरमा शाखा अध्यक्ष जगत महत, सचिव रोहित बोहरा, कोषाध्यक्ष बहादुर वली, अमर पुन, अमित बोहरा, तेजेन्द्र बुढा लगायतको सक्रियतामा १५ घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ।

त्यसैगरि मुम्बईमा पश्चिम भारतका महासचिवको सक्रियतामा मोहन पुरी खेमराज शाहीको सहयोगमा २१ परिवारलाई खाद्यान्न बितरण गरिएको छ।

यस्तै तमिलनाडुको त्रिपुरुरमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको पहलमा बागलुङको सिंगानाका स्थायी घर भएको एक 12 जनाको परिवारलाई खाद्य सामग्री लगायत अत्यावश्यक सामग्री वितरण गरेको छ। आदर्श गाउँपालिका काडी 3 डोटी जिल्ला निवासी हाल चेन्नईको टायनाम्पेटमा बस्ने 10 जनाको परिवारलाई पनि नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रिय महिला संघकी अध्यक्ष सरस्वती निउरे, नेपाली जनसम्पर्क समितिभारतका केन्द्रीय सङ्गठन सचिव चन्द्रकान्त आचार्य तथा नेपाली जनसंपर्क समिति दक्षिण भारत पूर्वी शाखा समितिका अध्यक्ष गंगाराम आचार्यको टोलीले खाद्यान्न वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...