HomeFeatureलकडाउनका कारण पुनर्निर्माणको कार्य पनि प्रभावित

लकडाउनका कारण पुनर्निर्माणको कार्य पनि प्रभावित

काठमाण्डौँ, 22 अप्रेल

राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बुधबार कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताउनुभएको छ। 2072 साल वैशाख 12 गतेको भूकम्प पछिको 5 वर्ष पूरा हुन दुई दिन बाँकी छँदा प्राधिकरणका सीइओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताउनुभयो। उहाँले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने बताउनुभयो। तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने उहाँले बताउनुभयो। यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुननिर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उहाँले बताउनुभयो। यस्तै सरकारका विभिन्न निकायले पुननिर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुननिर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उहाँले बताउनुभयो। सीइओ ज्ञवालीले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुननिर्माणको काम प्रभावित नहुने समेत बताउनुभयो।

सीइओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताउनुभयो। उहाँले प्राधिकरणले अहिलेसम्म निजी आवास पुननिर्माणको काममा 88 प्रतिशत प्रगति भएको बताउनुभयो। अहिलेसम्म 63 प्रतिशत अर्थात 4 लाख 94 हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको र 25 प्रतिशत अर्थात 1 लाख 90 हजार 1 सय 45 निजी आवास पुननिर्माणको चरणमा रहेको उहाँले बताउनुभयो। यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या 72 प्रतिशत अर्थात 5 लाख 61 हजार 6 सय 50 रहेको समेत उहाँले बताउनुभयो। निजी आवस पुननिर्माणका लागि 7 लाख 81 हजार 1 सय 76 लाभग्राहीसँग अनुदान सम्झौता भएको छ।

यस्तै भुकम्पबाट क्षतिग्रस्त 7 हजार 5 सय 3 विद्यालयमध्ये 74 प्रतिशत विद्यालयहरु अर्थात 5 हजार 5 सय 98 विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ। 1 हजार 4 सय 92 अर्थात 20 प्रतिशत विद्याय पुननिर्माणको क्रममा रहेका छन्। 32 जिल्लाका 9 सय 20 वटा सम्पदामध्ये 4 सय 2 वटाको पुननिर्माण सम्पन्न  भइसकेको पनि सीइओ ज्ञवालीले बताउनुभयो। यसबाहेक 1 सय 41 सम्पदा पुननिर्माणको चरणमा छन्। काठमाडौं उपत्यका भित्र विश्व सम्पदा क्षेत्र भित्र रहेका 1 सय 70 वटा सम्पदा मध्ये 1 सय 1 वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने 54 वटा पुननिर्माणको क्रममा छन्। यसबाहेक 1 हजार 1 सय 97 वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये 6 सय 69 वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने 1 सय 45 वटा पुननिर्माणको क्रममा छन्। स्वास्थ्य क्षेत्रमा 68 प्रतिशत प्रगति भएको छ। यस्तै 4 सय 15 सरकारी भवन मध्ये 3 सय 49 वटाको पुननिर्माण सम्पन्न भइसकेको छ। 49 वटा पुन निर्माणको क्रममा छन्। सुरक्षा निकायका 1 सय 94 संरचनाको पुननिर्माण सम्पन्न भएको र 22 वटा पुननिर्माणको क्रममा चरणमा रहेको उहाँले बताउनुभयो।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये 4 हजार 2 सय 4 जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र 8 हजार 7 सय 44 लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्धारा आवास पुननिर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ। यस्तै 43 वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने 9 वटाको पुननिर्माण सम्पन्न भइसकेको छ। 27 वटाको डीपीआर स्वीकृत भई निर्माणको तयारीमा छन भने 79 वटा पुननिर्माण हुँदै छन्।

विभिन्न जिल्लामा 7 सय 62 किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा 4 सय 43 किलोमिटर सडक पुननिर्माण सम्पन्न भइसकेको छ। यस्तै 3 सय 19 किलोमिटर सडकको पुननिर्माण अन्तिम चरणमा पुगेको छ। खानेपानी विभाग मार्फत 1 हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने 1 सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन्।

प्राधिकरणले अहिले सम्म 3 खर्ब 81 अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ। पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट 3 खर्ब 9 अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत 72 अर्ब रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...