HomeFeatureभारत सरकारद्वारा नेपाललाई अत्यावश्यक औषधि सहयोग

भारत सरकारद्वारा नेपाललाई अत्यावश्यक औषधि सहयोग

काठमाण्डौँ, 22 अप्रेल

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना भाइरस (कोभिड-19) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरणिय रहेको बताउनुभएको छ। भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड-19 नियन्त्रणका लागि नेपालको प्रयास उदाहरणिय रहको बताउनुभएको हो। विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड-19 महामारीको सशक्त र सकारात्मक रूपले नेपाल र नेपाली जनताले गरिरहेका सामना प्रशंसनिय मात्रै नभएर एसिया क्षेत्रका लागि उदाहरणिय रहेको उहाँले बताउनुभयो। सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको उहाँले बताउनुभयो।

सहयोग सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि भारतले नेपाललाई सहयोग गर्न गर्छ भन्ने उदारहण दिएको बताउनुभयो। आफुलाई परेको अफ्ठ्यारोमा पनि छिमेकीको नाताले भारतले गरेको सद्भाव र सहयोगका लागि मन्त्री ढकालले धन्यवाद ज्ञापन गर्नुभयो।

भारत सरकारले विभिन्न 18 किसिमका 23 टन औषधि नेपाललाई दिएको हो। प्राप्त सहयोग नेपालका लागि भारतीय राजदूत क्वात्राले स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गर्नुभयो। पारासिटामोलको 3.2 लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको 2.5 लाख डोज गरी कुल 8.25 लाख डोज अत्यावश्यक औषधिहरु नेपाललाई सहयोग गरेको हो। औषधिहरु विभिन्न चरणमा प्राप्त हुने मन्त्रालयले जनाएको छ। यसैबीच बुधबार चीनको तिब्बत सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। 10 हजार एन 95 मास्क, 10 हजार थान पीपीइ र एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको मन्त्रालयले जनाएको छ। यस्तै दुई वटा पिसिआर मेसिन, भिटिएमसहित 20 हजार थान टेस्टिङ किट। 50 बक्स डिसइन्फेक्सन वेट वाइप पनि दिएको छ। सो स्वास्थ्य सामग्री चिनियाँ अधिकारीहरुले बुधबार तातोपानी नाकाबाट नेपाली पक्षलाई हस्तान्तरण गरेको छ। बुधबार साँझासम्म स्वास्थ्य सामग्री काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...